बेलायती बहिर्गमन र नेपाल

बेलायती बहिर्गमन र नेपाल

जून २३, २०१६ मा बेलायत युरोपियन युनियनमा रही रहने वा यस बाट निस्कने भन्ने बिषयमा भएको जनमत संग्रहमा निस्कने पक्षमा ५१.९ प्रतिशत भोट आयो भने रही रहने पक्षमा ४८.१ आयो | यो परिणाम सँगसगै रहिरहने पक्षमा रहेका बेलायतका प्रधानमन्त्री डेविड केमरुनले आफु नया मतादेशको सम्मान गर्ने र त्यसको नेतृत्व आफुले गर्न उपयुक्त नहुने भन्दै राजिनामा दिए | यो निर्णय आएसंगै बेलायती मुद्रा १९८५ यताकै सबै भन्दा कम्जोर भयो भने अबको बेलायत बिनाको युरोपियन युनियन कस्तो हुने हो र युरोपियन युनियन बिनाको बेलायत कस्तो हुने हो भन्ने बिषयमा चर्चा चुलिएको छ |
cartoon source: http://www.henry4school.fr/UK/history/brexit.htm

युरोपमा रही रहने पक्षमा मतादान गरेको स्कटल्याण्ड, नोर्दन आयरल्याण्ड र लण्डन सहरले बेलायत बाट छुट्टिने र युरोपको सदस्य भएर बस्ने भन्ने बिषयलेनि उत्तिकै चर्चा पाएको छ र पुन दोश्रो जनमत संग्रह हुने पर्ने भन्दै माग गरेका छन | भर्खरै निर्बाचित भएका लन्डनका मेयरलाइ लन्डनलाइ संयुक्त अधिराज्यबाट छुट्याउने वा स्वतन्त्र सहरको रुपमा घोषणा गर्ने तर्फ बाटो खुल्ला गर्न दवाब बढ्दै गएको छ | अर्कातर्फ बेलायत बिनाको युरोपियन युनियनको अस्तित्वनै धरापमा पर्ने भएको छ | यदि बेलायतले समाएको बाटो अन्य युरोपियन राष्ट्रले समाए भने यसको अस्तित्व इतिहासमा सिमित हुने सम्भावना पनि उत्तिकै रहेको छ |


यो निर्णयले नेपाललाइ कस्तो प्रभाब पर्ला भन्ने बिषयमानि चर्चा परिचर्चा सुरु भएको छ | नेपालको बेलायतमा त्यस्तो कुनै  ठुलो लगानी रहेको छैन जुन यो निर्णयले असर गरोस | अन्य युरोपियन मुलुकको स्थायी बसोबासको अनुमति लिएर बेलायतमा बस्ने नेपालीको संख्या (जो यो परिणामबाट प्रभाबित हुन्छन) पनि एकदमै न्युन रहेको आंकलन गरिन्छ | यस अर्थमा यो निर्णयले नेपाललाइ त्यस्तो प्रतक्ष प्रभाब पर्ने देखिदैन |
तर आर्थिक हिसाबले बेलायत युरोपको एउटा ठुलो सदस्य हो उसको अनुपस्थितिमा युरोपियन युनियन मार्फत आउने सहयोगमा ठुलो कटौती हुने देखिन्छ | बढ्दो आप्रबाशी समस्या, बढ्दो बेरोजगारी, र अतिवादीहरुको चलखेलबाट बेलायतलाइ सुरक्षित राख्ने भन्ने बहिर्गमनका समर्थकले पक्कै पनि नेपालजस्तो मुलुकलाइ गर्ने सहयोगलाइ कटौती गर्ने कुरामा कुनै संका छैन | बेलायतको युरोपबाट भएको बहिर्गमनले युरोपियन युनियनको अस्तित्व धरापमा परेको खण्डमा त्यसको प्रभाब नेपालमा प्रतक्ष पर्ने देखिन्छ | डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकले बेलायतको बाटो पछ्याउने सम्भावनापनि बढ्दै गएको छ, यदि त्यसो भएमा युरोपियन युनियननै बिघटन नहोला भन्न पनि सकिन्न, अन्यथा यस्को बिश्व राजनीतिमा प्रभाब कम्जोर भएर जाने खतरा छ | नेपालमा आउने अन्तराष्ट्रिय सहयोगको एक हिस्सा युरोपियन युनियनबाट आउने भएकोले त्यसो भएको खण्डमा नेपालमा आउने सहयोग बन्द वा कटौती हुने देखिन्छ |

तर युरोपियन संघबाट छुटिएरपनि बेलायत एउटा सक्षम राष्ट्रको रुपमा उदाउन सक्ने सम्भावना उत्तिकै छ | बेलायतको आर्थिक संरचना दह्रो रहेको र ईयुको बहिर्गमन पछी यसले आफ्नै अन्तराष्ट्रिय नीति बनाउन सक्ने छ | आफ्नो सिमानालाइ आफुले चाहे अनुसार कडा र खुकुलो गर्न सक्ने छ, आयात निर्यातमा बार्गेनिङ् गर्न पाउने छ | बेलायतसंग नेपालको पुरानो दौत्य सम्बन्ध रही आएको छ र गोर्खाप्रति बेलायती नागरिक नया पुस्ता वा पुरानो पुस्ताको  सकारात्मक धारणा रही आएको छ | यस्तो अवस्थामा ईयुको चस्माबाट नभएर आफ्नै नजरले बेलायतले नेपाललाइ हेर्ने छ जुन नेपालकोलागि फाइदाकारक हुनसक्छ |

अर्को एउटा डरलाग्दो पक्ष के छ भने यदि बेलायतबाट स्कटल्याण्ड, लन्डन र नर्दन आयरल्याण्ड जस्ता राज्यहरु छुटिएको खण्डमा 'ग्रेट ब्रिटेन' ग्रेट रहीरहन सक्दैन यो अवस्थामा बेलायत टुक्रा टुक्रा भएर एउटा सिमित टापुमा सिमित नहोला भन्न पनि सकिन्न | नेपालको अबको बाटो भनेको आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्छ, परको छिमेकी भन्दा आफ्नो नजिकको छिमेकीहरु संग सबंध सुधार गर्दै अघी बढ्नु यसको लागि फाइदा हुन्छ | बाहिरबाट आउने अनुदान सहयोगले केहि हदसम्म राहत त देला तर त्यो दिर्घकालिन हुदैन, फेरी त्यस्ता सहयोगमा उनीहरुको आफ्नै 'भेस्टेड इन्ट्रेस्ट' हुने गरेको छ जुन हाम्रो हितमा भन्दा उनीहरुकै हितमा केन्द्रित हुने गर्छ | तसर्थ बेलायतको बहिर्गमन संगै उत्पन्न भएको राजनीतिक परिस्थितिबाट हामि अछुतो हुन त सक्दैनौ तर आतिनु पर्ने अवस्थापनि छैन |   
  

0 Response to "बेलायती बहिर्गमन र नेपाल"

Post a Comment

Recent Posts

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel